Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


राजनीतिक स्थायित्वको आधार तयार नभएसम्म जिम्मेवारीबाट पन्छिन नमिल्ने मन्त्री ज्ञवालीको तर्क


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एवं ओली पक्षीय नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले राजनीतिक स्थायित्वको आधार तय नभएसम्म आफूहरू जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभएको छ ।

बुधबार बालुवाटारमा भएको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले जिम्मेवार व्यक्तिले राजनीतिक स्थायित्वको आधार तय नभएसम्म जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभयो ।

‘प्रधानमन्त्री र मन्त्रीहरूका लागि पद अस्थायी विषय हुन्,’ उहाँले भन्नुभयो, ‘मुलुकले राजनीतिक निकास र स्थायित्व हुन्छ कि हुँदैन, जनताका अपेक्षा अनुसार काम हुन्छन् कि हुँदैनन् भन्ने प्रमुख विषय हो ।’

‘त्यो विषयका आधार तयार भइसकेपछि जसरी अघि बढ्नुपर्ने हो हामी त्यसरी नै अघि बढ्छौं,’ उहाँले थप्नुभयो, ‘हामी सबै पक्षसँग परामर्श र छलफलमा छौं, आधार तय नभएसम्म जिम्मेवारीबाट पन्छिने कुरा हुँदैन ।’