Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


मनिग्रामको प्रवर्द्धन योजनामा २४ जना पुरस्कृत


0
Shares

काठमाडौं, भदौ २६ । मनि ट्रान्सफर तथा भुक्तानी सेवाप्रदायक मनिग्रामले बजार प्रवर्द्धन योजनाअन्तर्गत् आफ्ना २४ जना ग्राहकहरुलाई पुरस्कृत गरेको छ ।

मानिग्रामले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी आफ्नो प्रवर्द्धन योजनाअन्तर्गत् छनोट भएका २४ जना ग्राहकहरुलाई उनीहरुले प्राप्त गरेको रकमको दोब्बर रकम हस्तान्तरण गरेको हो ।

मनिग्रामले गएको मेदेखि जुलाई महिनासम्म सन्चालन गरिएको योजनाअन्तर्गत् ग्राहकहरुलाई हरेक हप्ता दोब्बर रकम पार्ने योजना ल्याएको थियो ।

सोही योजनाअनुरुप ग्राहकहरुलाई सम्मान गरेको हो ।

यस्तै, मनिग्रामले २०७६ सालको दसैं र तिहारको उपलक्ष्यमा यही भदौ १५ गतेदेखि आउँदो मंसिर १४ गतेसम्म लागू हुनेगरी मनिग्राममार्फत् रकम भुक्तानी पाउने सबैजनालाई भाग्यशाली ‘ड्र’मा सहभागी गराइ विजेताले आफ्नो रकमको दोब्बर रकम प्राप्त गर्नसक्ने गरी योजना ल्याएको मनिग्रामले जनाएको छ ।