४ असार २०८२, बुधबार | Wed Jun 18 2025


मोटर साइकलको ठक्करबाट बर्दियामा एकको मृत्यु


0
Shares

बर्दिया । मोटर साइकलको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर नगरपालिका ४ शान्तिपुरका गोविन्दप्रसाद खनाल रहेका छन् ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा रहेका खनालको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।

मोटरसाइकले चालक शैलेन्द्र कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।