Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


नेपाल लाइफ इन्स्योरेन्सको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ सम्पन्न


0
Shares

काठमाडौं, भदौ २५ । नेपाल लाइफ इन्स्योरेन्सले उत्कृष्ट १०० एजेन्ट र एजेन्सी म्यानेजरलाई पुरस्कृत गरेको छ ।

विगत १९ वर्षदेखि नेपालमा जीवनबिमा सेवा पुर्‍याउँदै आएको कम्पनीले हालै पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एन्ड एजेन्सी फ्यालिसिटेसन प्रोग्राम २०७६’ गर्दै एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गरेको हो ।

नेपालको जीवनबिमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको यस कम्पनीले देशैभरि जीवनबिमाको सहज पहुँच पुर्‍याउन शाखा विस्तारको रणनीतिमा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए ।

हाल यस कम्पनीको चुक्ता पुँजी जीवनबिमा क्षेत्रकै सर्वाधिक पाँच अर्ब ४९ करोड रुपैयाँ रहेको र लगानी ७२ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Skip This