Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


विप्लवसँग वार्तामा जान्छौँ भन्दा आतंक छाएको छ : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूह सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनैतिक दललाई मन नपरेको आरोप लगाउनु भएको छ ।

आइतबार पाँचौ इन्द्रदह पर्यटन उत्सवलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थाको विरोधमा हतियार उठाइरहेको विप्लव समूहका नेता नेत्रविक्रम चन्दले सरकारसँग वार्ता गरी समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेपछि कतिपयमा आतंक छाएको टिप्पणी गर्नुभयो ।

विप्लव समूहले वार्ता गर्ने भएपछि उक्त समूहलाई प्रयोग गर्न चाहनेहरुमा छट्पटी भएको उहाँको जिकिर थियो ।

पृथकतावादको कुरा गर्नेे सीके राउत राष्ट्रिय राजनीतिको मुलधारमा आउँदा पनि अरुलाई छट्पटी भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उहाँले देश, जनता र विकासप्रति इमान्दार भई योगदान गर्नुपर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने भन्दै चुनावी अभियानमा जुट्न पनि आग्रह गर्नुभयो ।