१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


टीकापुरमा डल्फिन महोत्सव हुने


0
Shares

कन्चनपुर, भदौ २४ । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कैलालीमा डल्फिन महोत्सव हुने भएको छ ।

डल्फिन संरक्षण र पर्यटन वर्षलाई लक्षित गरी कैलाली होटल व्यवसायी संघले टीकापुरमा डल्फिन महोत्सव गर्न लागेको हो ।

मंगलबार कन्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मलेन गर्दै कैलाली होटल व्यवसायी संघले यही भदौ २८ देखि ३० गतेसम्म टीकापुरमा महोत्सव आयोजना गर्न लागिएको जनाएको छ ।

‘डल्फिन संरक्षण, सम्वर्द्धन तथा पहिचान, पर्यटन विकासको अभियान’ भन्ने नाराका साथ डल्फिन महोत्सव गर्न लागिएको कैलाली होटल व्यवसायी सघंका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए ।

महोत्सवमा डल्फिन अवलोकन, थारु तथा अछामी खानाको परिकार, थारु नृत्य, देउडा प्रतियोगिता, कर्णाली नदीमा जलयात्रालगायतको व्यवस्था रहनेछ ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मंगलबारै कैलाली होटल व्यवसायी संघले धनगढीमा पनि पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको छ ।