Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण आयोगको म्याद थप


13
Shares

काठमाडौं, फागुन ६ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगको म्याद अन्तिम पटकको लागी २०७७ मंसिर १४ गते देखि २०७७ माघ मसान्तसम्मका लागि थप गरिएको छ ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दे सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको हो ।

मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको सर्वोच्च अदालतको रजिष्ट्रार पदमा कार्यरत सचिव लालबहादुर कुँवरलाई नेपाल न्याय सेवाको राजपत्रांङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पदमा बढुवा गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा प्राध्यापक अनुपकुमार श्रेष्ठ, सदस्यहरुमा डा. देवकला भण्डारी, डा. राजकिशोर शाह, राजकुमार घिमिरे र रामचन्द्र न्यौपानेलाई नियुक्ति गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।