१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सेयरबजारमा गिरावट जारी, कारोबार थप खुम्चियो


0
Shares

काठमाडौं, भदौ २३ । सोमबार पनि सेयरबजारमा दोहोरो अंक हाराहारीको गिरावट जारी रह्यो । यसदिन कारोबार पनि थप खुम्चियो ।

बजार परिसूचक नेप्से साढे ९ अंकले ओरालो लागेर ११ सय ६८ मा आएर थामियो ।

उत्पादनमूलक सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ६६ अंक र जीवनबिमा समूह पनि ६४ अंकले ओरालो लाग्यो । होटल समूहमा पनि ४४ अंकको गिरावट आयो । लघुवित्त र अन्य समूह पनि दोहोरो अंकले झर्दा अरु समूह भने सामान्य अंकले रातो रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीका १४ लाख २८ हजार कित्ता सेयर जम्मा ३० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।