
भक्तपुर, भदौ २३ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकासका नाममा सभ्यता र संस्कृतिको विनास भएको बताएका छन् ।
सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–४ स्थित ऐतिहासिक अनन्तलिंगेश्वर महादेव मन्दिरको पुनःनिर्माणकार्य सम्पन्न कार्यक्रममा उनले जनप्रतिनिधि र सरकारी निकायलाई परापूर्वकालदेखिको धरोहर र सम्पत्तिहरु विनास हुनेगरी काम नगर्न अनुरोध गरे ।
सोमबारै अनन्त झोलुंगेपुलको उद्घाटन गर्दै उनले पूर्वजहरुले निर्माण गरेको धरोहरहरुको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको एक करोड ६४ लाख रुपैयाँको लागतमा पुरातत्व विभागले उक्त मन्दिर पुनःनिर्माण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्