
तेह्रथुम । तेह्रथुममा निर्माण कम्पनीले समयमा पुल निर्माणको काम नगर्दा स्थानीयलाई समस्या भएको छ ।
म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकाको विचमा रहेको खोरुङ्गा खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेपछि यात्रुलाई सास्ती भएको हो ।
मध्यपहाड़ी लोकमार्ग अन्तरगत म्याङ्लुङ–सक्रान्ती सडक खण्डमा रहेको यो पुल एक वर्षभित्र काम सक्ने गरी २०७३ सालमा कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिले कामको जिम्मा पाएको थियो ।
२०७४ पुषभित्रै काम सम्पन्न गर्ने भनिए पनि सो निर्माण सेवाले काम छाडेर भागेको छ । वर्षा याममा खोलामा पानी बढेकाले आवत जावत गर्न समस्या भएको यात्रु बताउँछन् ।
पुल निर्माणका लागि अनुमानित लागत ५ करोड ९० लाख १ हजार रुपैयाँ तय गरेकोमा ४ करोड ९६ लाख ९१ हजार ६ सय ४५ रुपैयाँमा काम गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिएको थियो ।
समयमा काम नगरेको गुनासो आएपछि अनुगमनमा आएको म्याङलुङ नगरपालिका प्रमुख संजय तुम्वाहाम्फेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्