Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


घोराही चेम्बर अफ कमर्सको अध्यक्षमा मञ्जु बज्राचार्य


0
Shares

दाङ, भदौ २२ । घोराही चेम्बर अफ कमर्सको अध्यक्षमा मञ्जु बज्राचार्य चयन भएकी छन् ।

चेम्बरको प्रथम पदस्थापना तथा सपथ ग्रहण कार्यक्रमबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले एशियाको सबैभन्दा ठूलोे उपत्यका दाङ जिल्लामा कृषि, उद्योग, व्यापार, पर्यटनको प्रचुर सम्भावना रहेकोले उत्पादनमा वृद्धि लगायत सम्बर्द्धनका लागि अघि बढ्नुपर्ने बताए ।