२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


९२ अंकले बढ्यो शेयर बजार


0
Shares

काठमाडौं, फागुन ३ । मौद्रिक नीति समिक्षामा राष्ट्र बैकको नरम नीति देखिएसँगै सोमबारको शेयर बजारमा उत्साहजनक सुधार आएको छ ।

विगत केही दिनखेदि ओरालो लागेको बजारमा सोमबार ९२ अंकले सुधार आउदा परिसुचक २५ सय ८६ मा पुगेर थामियो ।

कारोवार रकम पनि उच्च १० अर्ब बढी हुदा सबै उप समुह हरियो रहे ।

नेप्सेको उच्च वृद्धिसँगै सोमवार दर्जन बढी कम्पनीको कारोवारमा सकरात्मक सर्किट लागेको छ ।

सोमबार सबैभन्दा बढी जिवन बिमा समुह ६ सय ९७ अंकले उकालो लाग्दा निर्जिबन बिमा ४ सय ५७, लघुवित्त समुह ३ सय ७०, उत्पादन समुह १ सय ५९ अंकले उकालो लागेका छन् ।

यस्तै अरु सबै समुहमा दोहोरो अंकको सुधार आएको छ ।

यसदिन २ सय ५ कम्पनीको २ करोड २४ लाख बढी कित्ता शेयर १० अर्ब ३८ करोड बढीमा कारोवार भएको नेप्सेले जनाएको छ ।