४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


सिभिल बैंकले ल्यायो एन्युटी निक्षेप योजना, यस्ता छन् विशेषता


0
Shares

काठमाडौं, भदौ २२ । सिभिल बैंकले बचत र मुद्दती योजना दुबैको गुण भएको नयाँ खालको योजना ल्याएको छ ।

बैंकले एन्युटी डिपोजिट योजना ल्याएको हो । बचत तथा मुद्दती योजनालाई एकीकृत गर्नेगरी देशमै पहिलोपटक यस्तो बचत योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले आईतबार पत्रकार सम्मेलन गरी आफ्नो योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत कुनै पनि बचतकर्ताले निश्चित अवधि तोकी बैंकलाई मासिक रुपमा भुक्तानी गर्न सक्ने र निश्चित अवधिपछि एकमुष्ठ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

न्युनतम मौज्दात १ हजारबाट सुरु गर्न मिल्ने बैंकको यस योजनामा कम्पनी वा व्यक्तिगत दुवै सहभागी हुन पाउनेछन् । निक्षेपकर्ताले १ देखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट सीमित रकम जम्मा गर्न सक्नेछन् । बचतकर्ताले आवश्यक परेकोको समयमा ३ महिनापछि खाता बन्द गर्न वा मौज्दातको ६० प्रतिशतसम्म ऋण लिन सक्ने पनि बैंकले जनाएको छ ।

बैंकले हाल मुलुकभर ९६ शाखामार्फत सेवा दिदै आएको जनाएको छ ।