
काठमाडौं, भदौ २२ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले सन् २०३० सम्म ‘साक्षरता अभियान’ संचालन गर्ने जनाएको छ ।
नेपालमा कोही पनि निरक्षर नहुन् भन्ने उद्देश्यले रोटरी नेपाल लिट्रेसी मिसन अन्तर्गत ‘साक्षरता अभियान’ संचालन गरिरहेको रोटरीले जनाएको छ ।
रोटरीले नेपालमा आर्थिक, सामाजिक क्षेत्रमा गर्दै आएको कामबारे जानकारी गराउन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले नेपालमा रहेका १२० वटा रोटरी क्लबहरु यो अभियानमा सहभागी भईरहेको बताए । शून्य प्रतिशत ओभरहेड खर्चमा विभिन्न सामाजिक परियोजना संचालन गर्दै आएको रोटरीले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, व्यवसायिक, स्थानीय आर्थिक विकासलगायतका क्षेत्रमा काम गर्दै आईरहेको जनाएको छ ।
रोटरीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन शान्ति सम्मेलनलगायतका कार्यक्रम गर्ने जनाएको छ । रोटरीले २० हजार विपन्न वर्गका महिलालाई प्राविधिक एवं व्यवसायिक तालिम दिई उनीहरुलाई स्वआर्जन गराउन सहयोग गरेको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्