
काठमाडौं । कोरोना भाइरसले विश्वलाइ नै हल्लाइरहेको छ । विभिन्न देशमा कोरोनाले अवस्था चिन्ताजनक बनाएको छ ।
कयौं देशमा लकडाउन गरिएको छ । यसै समयमा एउटा खतरनाक समाचार बाहिर आएको छ ।
इटालीमा कोरोनाका कारण एक महिला गैगरिनको शिकार भएकी छिन् । उनको औला कालो भएको छ । अन्त्यमा उनको हातको औला काट्नु परेको छ ।
डाक्टरले रगत जमेका कारण महिलाको औला काट्नुपरेको बताएका छन् । महिला ८६ वर्षकी छिन् ।
यूरोपियन जर्नल अफ वैस्क्युलर एंड एंडोवैस्क्युलर सर्जरीमा प्रकाशित रिपोर्टमा भने अनुसार कोरोना संक्रमणका समयमा महिला साइड इफेक्टको शिकार भइन् । जो भाइरसका कारण भएको गम्भीर परिणाम हो ।
ती महिला अघिल्लो २०२० को अप्रिलमा कोरोनाबाट संक्रमित भएकी थिइन् । रिपोर्टका अुसार संक्रमणको समयमा महिलाको शरीर नराम्रोसँग प्रभावित भएको थियो ।
उनको औलामा गैगरिन भएको थियो र डाक्टरले तीनवटा औला काट्न पर्यो । रिपोर्टमा भनिएको छ, शरीरमा यस प्रकारको असर तब देखिन्छ जब शरीर संक्रमणको विरुद्ध अति संवेदनशील भएर लडिरहेको हुन्छ ।
कोरोना ठिक भएपछि मानिसलाई कस्ता किसिमका समस्याहरु आइपर्छन् यस विषयमा पनि वैज्ञानिकहरु अध्ययन गरिरहेका छन् । वैज्ञानिकहरुका अनुसार महिलालाई एक्यूट कोरोनरी सिंड्रोम हुनसक्छ ।
जसका कारण मुटुमा रक्तप्रवाह एकदमै कम भयो र औलामा रक्त आपूर्ति हुन सकेन । तर पनि यस विषयमा खोज भने जारी रहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्