४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


‘अहिलेको कर्मचारीतन्त्रबाट समृृद्धि असम्भव’


0
Shares

रुपन्देही, भदौ २१ । प्रदेश नम्बर–५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले अहिलेको कर्मचारीतन्त्रबाट मुलुकको सामाजिक, आर्थिक समृृद्धि सम्भव नभएको आरोप लगाएका छन् ।

नेपाल धितोपत्र बोर्ड र नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित आर्थिक तथा सेयरबजारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले जनताप्रति कर्मचारीतन्त्र उत्तरदायी बन्न नसकेको आरोप लगाए ।

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पुँजीबजारको विकासबिना अर्थतन्त्र बलियो हुन नसक्ने बताए ।

पत्रकार डा. अच्युत वाग्लेले नेपालमा अर्थतन्त्रको विकास शिशु अवस्थामा रहेको बताए ।