 
	    काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौंका पाँच स्थानमा ‘जरुंहिति’ को स्थापना गरिएको छ । बिहीबार रत्नपार्क, स्वयम्भू र बाइसधारामा यसको ‘जरुंहिति’ भनिने वाटर एटीएमको स्थापना गरिएको हो ।
काठमाडौं महानगरपालिका र काठमाडौं उपत्याका खानेपानी व्यवस्थापन बोर्ढको सहकार्यमा स्थापित ‘जरुंहिति’को खानेपानी मन्त्री मणिचन्द्र थापाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि उहाँले यस्ता ‘जरुंहिति’ पहिलो चरणमा उपत्यकाका १५ स्थानमा सञ्चालन गरिने बताउनुभयो । यस्तै उहाँले बिस्तारै यो कार्यलाई मुलुकभरीकै सहरमा लागू गरिने जानकारी दिनुभयो ।
पहिला काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ‘जरुंहिति’ रहेको र ती धारामा बटुवाहरुले पानीको प्यास मेटाउने गरेको गरेको इतिहाससँग जोडेर अभियानलाई ‘जरुंहिति’ नामाकरण गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले अब पाँच रुपैयाँमा एक लिटर पानी पिउन सकिने बताउनुभयो । उहाँले बिहीबार तीन स्थानमा उद्घाटन भएको जानकारी दिँदै नयाँ बानेश्वर र शंखधर पार्कमा पनि छिट्टै सञ्चालनम आउने जानकारी दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्