
काठमाडौं, भदौ २० । प्रतिनिधिसभाअन्तर्गत्को कानुन, न्याय तथा मानवअधिकार समितिले एनसेलको फैसलाबारे अध्ययन गर्ने भएको छ ।
एनसेलको फैसलामाथि लगातार प्रश्न उठेसँगै संसदीय समितिले यसबारे अध्ययन गर्ने भएको हो ।
एनसेलको कर निर्धारण गलत भएको सर्वोच्च अदालतको पछिल्लो फैसला बदनीयतपूर्ण रहेको भन्दै विरोध भइरहेकाले शुक्रबार बसेको समितिको बैठकले यसबारे अध्ययन गर्ने निर्णय गरेको हो ।
संसदीय समितिले अदालतको फैसलाबारे छलफल गर्न मिल्ने/नमिल्ने विषयमा संविधानविद्हरुसँग परामर्श गरेर अध्ययन अगाडि बढाउने निर्णय गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्