४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


एटीएमबाट एक पटकमा २० हजार रुपैयाँमात्र, एक दिनमा ६० हजार रुपैयाँभन्दा बढी निकाल्न नमिल्ने


0
Shares

काठमाडौं, भदौ २० । नेपाल राष्ट्र बैंकले एटीएम ठगी प्रकरणपछि दैनिक रुपमा झिक्न मिल्ने रकममा सीमा तोकेको छ ।

गत साता एटीएममार्फत करिव साढे तीन करोड रुपैयाँ ठगी भएपछि दैनिक झिक्न मिल्ने एक लाख रुपैयाँको सीमा ६० हजार रुपैयाँमा झारिएको हो ।

गत शनिबार ह्याकरले एटीएममार्फत ठूलो रकम चोरी गरेपछि राष्ट्र बैंकले ठगी प्रकरण अध्ययनका लागि समिति गठन गरेको थियो । समितिको सुझावअनुसार नै राष्ट्र बैंकले निर्देशन जारी गरी डेबिट कार्ड र क्रेडिट कार्डमार्फत झिक्न मिल्ने रकमको सीमा घटाएको हो ।

यसअघि डेबिट कार्डबाट एक पटकमा न्यूनतम पाँच सयदेखि २५ हजार रुपैयाँसम्म नगद झिक्न सकिने व्यवस्था गरेको थियो । एक दिनमा अधिकतम एक लाख रुपैयाँ झिक्न सकिन्थ्यो ।

नयाँ व्यवस्था लागू भएसँगै एक कारोबारमा न्यूनतम पाँच सय रुपैयाँदेखि २० हजार रुपैयाँसम्म मात्र निकाल्न पाइन्छ । एक दिनमा अधिकतम ६० हजार रुपैयाँ मात्र निकाल्न पाइने व्यवस्था गरेको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले इस्यूअर र अक्वायरर फरक संस्था भइ डेविट कार्डबाट रकम झिक्दा लिइने शुल्कको विवरण पनि सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।