४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


चालू खाता घाटा र व्यापार घाटा चुनौती : अर्थमन्त्री


0
Shares

काठमाडौं, भदौ १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू खाता घाटा र व्यापार घाटा अर्थतन्त्रको चुनौती रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिसँगको छलफलमा मन्त्री खतिवडाले व्यापार घाटा न्यूनीकरणका लागि निर्यात बढाउनुपर्ने र केही अनुत्पादक क्षेत्रमा आयात घटाउनेतर्फ सोच्नुपर्ने अवस्था आएको बताए ।

छिमेकी मुलुकसहित विश्व परिवेशमा देखिएका पछिल्ला आर्थिक गतिविधिलाई नजिकबाट नियालिरहेको भन्दै उनले यसले विनिमयमा असर पार्नेतर्फ सचेत रहनुपर्ने बताए ।