Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


अन्नपूर्ण चिनी मिलका सञ्चालक अग्रवालको अनुसन्धानमा म्याद थप


0
Shares

सर्लाही, माघ २६ । सर्लाहीको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालको मुद्दामा अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले प्रहरीलाई सात दिनको म्याद थप गरेको छ ।

वर्षौंदेखि उखु कृषकको करोडौं रकम भुक्तानी नगरेका सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई ठगीलगायतका मुद्दामा अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले तेश्रो पटक सात दिनको म्याद दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

माघ १४ गते साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै निवासबाट पक्राउ परेका अग्रवाललाई आवश्यक कारवाहीका लागि १५ गते साँझ सर्लाही ल्याइएको थियो ।

उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार अग्रवालले उखु कृषकलाई १७ करोड रुपैयाँ दिन बाँकी थियो ।

जसमध्ये हालसम्म १२ करोड ६३ लाख बराबर भुक्तानी भइसकेको छ ।

Skip This