Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


सरकारी चेकको रकम भुक्तानी १५ दिनभित्रै गर्न राष्ट्र बैंक निर्देशन


0
Shares

काठमाडौं, माघ २५ । नेपाल राष्ट्र बैंकले सरकारी चेकको रकम भुक्तानी १५ दिनभित्रै गरिसक्न सबै वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै सबै वाणिज्य बैकहरुलाई निर्देशन दिएको हो ।

सरकारले गत १९ गते राजपत्रमा सूचना जारी गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १३२ मा सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएको चेकको भुक्तानी अवधि १५ दिनको हुने उल्लेख गरेको थियो ।

सोही अनुसार राष्ट्र बैंकले सर्कुलर जारी गरेको हो ।

यसअघि ३० दिनभित्र चेकको रकम भुक्तानी गर्न पाउने व्यवस्था थियो ।

राष्ट्र बैंकले यो सुचना प्रकाशित हुनुअघिको चेकमा भने हाल भएकै व्यवस्था कायम गर्न र आगामी दिनमा भने १५ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो ।