४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


सुनको भाउ तोलामा एकै दिन एक हजारले वृद्धि


0
Shares

काठमाडौं, भदौ १८ । बुधबार सुनको भाउ पुनः उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य एकैपटक तोलामा एक हजार रुपैयाँले बढेर पुनः तोलाको ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि, यही भदौ ९ गते पनि तोलामा एकै हजारले वृद्धि भएर तोलाको ७३ हजार ५०० को उच्च ‘रेकर्ड’ कायम भएको थियो ।

सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँले बढेर तोलाको ७२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि एकैपटक तोलामा ४५ रुपैयाँले बढेर तोलाको ९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १५ सय ४६ डलर हाराहारीमा कारोबार भएको थियो ।