
काठमाडौं, भदौ १८ । बुधबार सेयरबजार सामान्य अंकले सकारात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले सकारात्मक रहेर ११ सय ९४ कायम भयो ।
उत्पादनमूलक, वित्त र अन्य समूहबाहेक अरु समूह सकारात्मक रहे । निर्जीवन बिमा समूह २५ अंकले उकालो लाग्यो भने सामान्य अंकले सकारात्मक रहेका हुन् । उत्पादनमूलक समूह १९ अंकले ओरालो लाग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीका १४ लाख २२ हजार कित्ता सेयर ४३ करोड ६५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्