Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


टानको नेतृत्वका लागि खुमबहादुर सुवेदी समूहद्वारा उम्मेद्वारी सार्वजनिक


0
Shares

काठमाडौं । टे«किङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) को आगामी शुक्रबार हुने ४१ औ साधारणसभा तथा नयाँ कार्यसमिति चयनको लागि खुमबहादुर सुवेदी नेतृत्वको समुहले उम्मेद्वारी सार्वजनिक गरेको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरी पर्वतीय पर्यटन विकास र व्यवसायिक उन्नतिका एजेण्डासहित सुवेदी समुहले उम्मेद्वारी सार्वजनिक गरेको हो ।

यो समुहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल,प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्की,द्वितिय उपाध्यक्षमा भरत सापकोटा र महासचिवमा कर्मा शेर्पासहित १७ जनाले उम्मेद्वारी सार्वजनिक गरेका छन् ।

उम्मेद्वारी सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदीले टानमा आबद्ध झण्डै २ हजार टे«किङ कम्पनीहरुको हकहित र व्यवसायिक उन्नती आफ्नो एजेण्डा भएको बताए ।

समुहका वरिष्ठ उपाध्यक्षका प्रत्यासी नवीन त्रितालले पर्यटन व्यवसायीको गिरेको साख फर्काउने र व्यवसायीका समस्या समाधान मुख्य एजेण्डा भएको बताए ।

उम्मेद्वार सार्वजनिक कार्यक्रममा सुवेदी नेतृत्वको समुहले ३१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

टानको साधारणसभा एंव नयाँ कार्यसमितिको लागि निर्वाचन भदौ २० गते काठमाडौमा हुनेछ ।