Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


प्रतिव्यक्ति आय दुईवर्षभित्र १४ सय डलर पुर्‍याउने दाबी


0
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगले आउँदो दुई वर्षभित्र विकासोन्मुख र आगामी २३ वर्षमा उच्च आय भएको मुलुक बन्ने लक्ष्यसहितको अवधारणा पारित गरेको छ । प्रधानमन्त्री एंव आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले २०७९ मा अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने तथा २१०० भित्र उच्च आय भएको मुलुक बनाउनेसहित अवधारणापत्र पारित गरेको हो ।

हाल नेपालको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलरमात्र छ । आयोगका सदस्य एंव प्रवक्ता मीनबहादुर शाहीले विकसित राष्ट्रमा स्तरोन्नति हुन दुई वर्षभित्र प्रतिव्यक्ति आय १ हजार ४ सय डलर तथा २१०० सालमा १२ हजार एक सय डलर पुुर्‍याएर उच्च आयस्तरको विकसित मुलुकमा रुपान्तरण गर्ने गरी दीर्घकालीन सोचको मार्गचित्र तयार पारिएको जानकारी दिए । कारोबार