Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


‘उहाँको सिन्दूरपोते रातो सारी, हाम्रो बाबा, बाल्यकाल फिर्ता ल्याइदिनुस्’


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषा किरण भण्डारीले नेकपाको दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । सोमबार बिहान फेसकुबमार्फत उहाँले नेतृ झाँक्रीलाई प्रश्‍न गर्नुभएको हो ।

रामकुमारी झाँक्रीले गोरखाको सिराञ्‍चोकमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट बाहिरिएर बालकोट जान र विधवा बनेपछि सेतो सारी लगाएको भनेर आलोचना गरेकी गर्नुभएको थियो ।

‘हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन। यदी तपाइँलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी करिअर महत्वकांक्षा हो भने ठाउँ साटौँ’, उहाँ अगाडि लेख्नुहुन्छ, ‘तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ ? लिएर जानुस् ।’

उहाँले झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकोले यो छोरीको प्रश्‍न सुनाइदिनु भन्दै स्टाटस लेख्नुभएको छ ।

https://www.facebook.com/photo/?fbid=261208595593253&set=a.147823660265081

Skip This