Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सी विजयी


0
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सी विजयी हुँदा टोटनह्याम हट्सपर पराजित भएको छ ।

साविक विजेता लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई उसैको मैदानमा ३–१ ले पराजित ग¥यो ।

लिभरपुलका लागि मोहोमद सालाहले दुई गोल गर्दा जर्जीनियो वहाल्दुमले एक गोल थपे । पराजित टोली वेष्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले बर्न्लेमाथि २–० को जित निकाल्यो ।

नयाँ प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा चेल्सीका लागि पहिलो जित दिलाउन सिजर अज्पीलीक्वेटा र मार्कस अलन्सोले एक एक गोल गरे । गएराति भएको अर्को खेलमा टोटनह्याम हट्सपरलाई ब्राइटनले १–० ले हराएको छ ।

यसैगरी लिड्स युनाईटेडले लेष्टर सिटीलाई ३–१ ले पराजित गरेको छ ।

गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा २० खेलबाट ४४ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा २१ खेलबाट ४१ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो तथा ४० अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ ।

चौथो स्थानको लेष्टर सिटीको ३९ अंक छ भने ३५ अंकका साथ वेष्ट ह्याम युनाईटेड पाँचौ स्थानमा रहेको छ । एजेन्सी