काठमाडौं, भदौ १५ । दशैंतिहार नजिकिएसँगै नेपालमा आन्तरिक तथा बाह्य क्षेत्रबाट पशुपंक्षीहरुको आयात बढ्ने गर्छ । नेपालमा भारत, चीन लगायतका देशहरुबाट खसीबोका आयात हुने गरेको छ ।
पशु सेवा विभागले विभिन्न देशबाट नेपालमा आयात हुने पशुपंक्षीको स्वास्थ्य अवस्था चेकजाँच गरी सम्भावित रोग भित्रिन नदिन सीमा क्षेत्रमा २१ वटा चेकपोष्टहरु राखेको छ । आईतबार पशु सेवा विभाग र केन्द्रीय पशु क्वारेन्टाईन कार्यालयले पशु क्वारेन्टाईन नियन्त्रण कार्यदलसँग अन्तरक्रिया गरी यसमा सुधारका लागि बृहत छलफल गरेको छ ।
नेपालमा रोग भित्रिन नदिनका लागि विभिन्न चेकपोष्टमार्फत रोग नियन्त्रणका लागि काम गरिरहेको पशुु सेवा विभागका उपमहानिर्देशक डा. सम्झना काफ्लेले बताइन् ।
पछिल्लो समय कानुनविपरीत पशुपंक्षी ओसार पसार, मरेका पशुपंक्षीहरुको ओसार पसार हुने गरेको एवं भेटेनरी प्रमाणपत्र समेत नलिई सञ्चालन हुने गरेको भेटिएको भन्दै यस्ता काम नियन्त्रणका लागि विशेष पहल भइरहको पनि विभागको दाबी छ ।
यसको नियन्त्रणका लागि कानुनी व्यवस्था गरिए पनि नियन्त्रण भने हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । सहभागीहरुले प्रभावकारी कानून कार्यान्वयनका लागि जोड दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्