Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


आगलागी हुँदा दुई बालबालिकाको मृत्यु


0
Shares

सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय टेकबहादुर निरौलाको मतानमा हिजो आगलागी हुँदा उनीहरूको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।

आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

माथिल्लो तलामा घाँसलगायतका सामग्री राखिएको मतानमा बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

बालक र बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।