२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इन्दिरा गान्धीको भूमिकामा कंगना


0
Shares

काठमाडौं । भारतीय अभिनेत्री कंगना रावतले राजनीतिक फिल्ममा इन्दिरा गान्धीको भूमिका निभाउने भएकी छिन् । भारतको पूर्वप्रधानमन्त्री समेत रहेकी इन्दिरा गान्धीको जीवनीमा आधारित फिल्ममा कंगनासहित अन्य लोकप्रिय कलाकारहरुको अभिनय रहने कंगनाले बताएकी छिन् ।

कंगनाले ट्विटरमा लेख्दै, गान्धीको जीवनीमा आधारित नभइ एक ऐतिहाँसिक घटनामा आधारित फिल्म रहेको बताइन् । ‘यसले भारतको वर्तमान सन्ततिले भारतको राजनैतिक, सामाजिक इतिहाँसबारे थाहा पाउनेछन्’, उनले भनिन, ‘यसको स्क्रिप्टको काम अन्तिम चरण पुगेको छ ।’ उनले गान्धीको भूमिकामा खेल्ने फिल्मको एक फोटोसमेत सार्वजनिक गरेकी छिन् ।

भारतीय राजनीतिको इतिहाँसमा सबैभन्दा प्रतिष्ठित व्यक्तिको भूमिका निभाउन व्यंग्र प्रतिक्षामा छु रहेको पनि कंगनाले बताएकी छिन् । कंगनाले निर्माण गर्ने यस फिल्ममा कथा लेखन तथा निर्देशन साइ कबिरले गर्दैछन् । एजेन्सी