
काठमाडौं, भदौ १४ । यमाहाले दसैं तथा तिहारलाई लक्षित गरी यमाहाको ‘महाएक्सचेन्ज’ मेला आयोजना गरेको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको मेलामा ग्राहकहरुले कुनैपनि ‘ब्रान्ड’को मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा बजार मूल्यांकनको अतिरिक्त २० हजार मूल्य प्राप्त गर्न सक्नेछन् ।
मेलामा विभिन्न आकर्षक डिजाइन तथा मोडलका बाइक तथा स्कुटरहरु राखिएका छन् ।
मेलामा एक लाख ९० हजारदेखि चार लाख ६४ हजार रुपैयाँसम्मका विभिन्न मोटरसाइकल तथा स्कुटरहरु राखिएका छन् ।
आकर्षक मोडल र अत्याधुनिक विशेषताका यी मोटरसाइकल युवामाझ लोकप्रिय हुने कम्पनीले जनाएको छ ।
शनिबारदेखि सुरु भएको मेला ६ दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्