
काठमाडौं, भदौ १४ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ अध्यक्षमा भीमप्रसाद गौतम निर्वाचित भएका छन् ।
सेजनको शनिबार राजधानीमा भएको २०औं वार्षिक साधारणसभा एवं अधिवेशनमा अर्का प्रत्यासी मोदनाथ ढकाललाई पछि पार्दै गौतम अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैगरी, उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली र सचिवमा कृष्ण रिजाल निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा इमेजकर्मी हिमाल पौडेल सर्वसम्मत् चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा सुजन ढुंगाना, कमला अर्याल, विनय बन्जारा, हिमा विक र मुना कुँवर निर्वाचित भएका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्