५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


‘ब्रह्मदेव लिंक रोड’ भत्कियो


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, भदौ १३ । कन्चनपुरको ‘ब्रह्मदेव लिंक रोड’ निर्माणकार्य पूरा नहुँदै भत्किएको छ ।

महेन्द्रनगरको भासीदेखि भारतीय सीमावर्ती बजार टनकपुर जोड्ने उक्त रोड निर्माणकार्य पूरा नहुँदै भत्किएको हो ।

कन्चनपुरको भीमदत्त नगरपालिका–८ र १० जोड्ने खन्याखोलाको पक्कीपुलनजिकैको कालोपत्र सडक करिब ३ मिटर चौडा र ३० मिटर लामो क्षेत्रमा सडक भासिएको छ ।

भीमदत्त नगरपालिका–१, भासीदेखि ब्रह्मदेवसम्मको १२ किलोमिटर सडक निर्माण लागि २१ करोड ४ लाख रुपैयाँ लागतमा राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको थियो ।

यस्तै, पुल निर्माणका लागि एमके निरज जेभीसँग दुई करोड २५ लाखमा सम्झौता भएको थियो ।

पुल र सडक भासिएपछि आवतजावत गर्ने स्थानीयलाई समस्या भएको छ ।