२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दक्षिणकालीमा ट्रक दुर्घटना, दुईको मृत्यु


0
Shares

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्ने २८ वर्षे गोमबहादुर बुढा छन् ।

मकवानपूरको फाखेलबाट फर्पिङ आउँदै गरेको बा ३ ख ६१९९ नम्बरको ट्रक हुमाने भन्ने ठाउँमा गएराति साढे ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ ।