२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेप्से १० अंकले ओरालो


0
Shares

काठमाडौं, भदौ ११ । बुधबार पनि सेयरबजारमा दोहोरो अंकको गिरावट आयो । नेप्से पुनः १२ सय तल आइपुग्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर ११ सय ९७ मा आएर थामियो ।

कारोबार भएका सबै समूहमा गिरावट आउँदा नेप्से दोहोरो अंकले झरेको हो । जीवनबिमा समूह सबैभन्दा उच्च ५७ अंकले झर्‍यो । जीवन बिमा समूह पनि ३७ अंकले ओरालो लाग्यो । जलविद्युत् र उत्पादनमूलक समूह पनि दोहोरो अंकले ओर्लिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीका १३ लाख १९ हजार कित्ता सेयर ३७ करोड २० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।