२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सामाजिक उत्तरदायित्वसहितको उद्यमशिलता आजको आवश्यकता : मन्त्री विष्ट


0
Shares

काठमाडौं, भदौ ११ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशिलता आजको आवश्यकता भएको बताएका छन् ।

युवा नेतृत्व, सिर्जना र उद्यमशिलता राष्ट्रिय सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री विष्टले समाजको उत्थानको लागि युवा उद्यमशिलता आवश्यक रहेकोमा जोड दिए ।

युवाहरुको सही परिचालनबाट मात्र मुलुकको विकास हुने भन्दै उनले सरकारले युवा लक्षित कार्यक्रम ल्याउने आश्वासन दिए । आर्थिक, सामाजिक दृष्टिकोणले अगाडि बढ्नका लागि सामाजिक उद्यमशिलता अपरिहार्य रहेको उनको भनाइ थियो ।

मन्त्री बस्नेतले युवा उद्यमशिलतालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो रुपमा युवाहरुको विकास अहिलेको आवश्यकता रहेको बताए ।

राष्ट्रिय युवा परिषद्का अध्यक्ष माधव ढुंगेलले युवाहरुलाई सामाजिक उद्यमशिलतासँग जोड्नु पर्ने बताए । युवाहरुलाई राष्ट्रको मुलधारमा ल्याउनका लागि युवामैत्री कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ थियो ।

युवा सम्मेलनमा सातवटै प्रदेशका १५४ युवा उद्यमी समूहको सहभागिता छ ।