६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


सिन्धुलीमा गुणस्तरीय जुनार उत्पादनको तयारी


0
Shares

सिन्धुली, भदौ ११ । सिन्धुलीमा गुणस्तरीय जुनार उत्पादनको तयारी भइरहेको छ ।

सिन्धुलीको प्रमुख नगदेबालीको रुपमा चिनिने सुन्तला जातको जुनार फललाई गुणस्तरीय रुपमा उत्पादन गर्न÷गराउन किसान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सिन्धुलीले एकै साथ सामूहिक प्रयास गरेका छन् ।

विगतमा जुनार फलमा देखापरेकोे मिनास्क रोग किराको पहिचान र प्रकोप उपचार पद्धतिबाट हटाइएपछि आगामी वर्ष सिन्धुलीमा करिव २८ हजार मेट्रिक टन गुणस्तरीय जुनार उत्पादन हुने लक्ष्य राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनको सहयोगमा जुनार खेतीमा आधुनिक प्रविधिद्धारा खेती सञ्चालन गरेपछि उत्पादनसमेत बढदै जान थालेको छ ।

सिन्धुली नेपालको मौलिक फल जुनारको उद्गमस्थल मानिन्छ । तीनकन्या, वाशेश्वर, रतनचुरा, जलकन्या, भुवनेश्वरी, मझुवा लगायतका स्थान जुनार उत्पादनका लागि प्रमुख मानिन्छन् । सिन्धुली जिल्लामा यसवर्ष करिव २ हजार ८०० हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएको छ ।