Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मध्यरातमा सिमसार कमलपोखरीमा डोजर आतंक (फोटोफिचर)

13
Shares

काठमाडौं । पुरातत्व विभागको निर्देशन विपरित सिमसार कमलपोखरीमा रातारात डोजर चलाएर जैविक हिलो माटो निकाल्ने काम भएको छ। सोमबार मध्यरातमा हिलो माटो निकालेर नारायण स्थान बुढानिलकण्ठ ओसारेर लगेको हो।

काठमाडौं महानगरपालिका वडा नं १ रहेको पोखरीको मौलिकता मास्ने र क्षेत्रफल खुम्च्याउने गरी महानगरले पोखरीलाई कंक्रिट संरचना बनाउन थालेपछि निर्माण रोक्न दबाब समेत बढेको थियो ।

तर काम रोक्न पुरातत्वले विभागले सोमबार महानगरलाई पत्राचार गरेको भएपनि मध्यरातमा नै डोजर चलाएर कमलपोखरी हिलो माटो निकालेर ओसारेको हो। अभियन्ता र संचारकर्मी मध्यरात कमलपोखरीमा पुगेर डोजर रोकेर फिर्ता पठाएका थिए।

पोखरी निर्माण प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधि भित्र रही कार्य गर्न र गराउन पुरातत्व विभागको सोमबार नै महानगरलाई पत्राचार गरेको थियो।