Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लानहरु


0
Shares

काठमाडौं, माघ ५ । अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यलयहरुले उनीहरुकै लागि विषेश रुपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्ने भएका छन् ।

एनसेलले साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकता अनुसारको सम्पुर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएको जनाएको हो ।

कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यावसायले विभिन्न चुनौतिहरुको सामना गर्नु परिेहेकोछ ।

यसै अवस्थाबीच एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियान अन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको जनाएको हो ।

यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने कम्पनीको दाबी छ ।

साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरुले ३० दिनका लागि कर बाहेक रु. १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्ने तथा ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु. २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

Skip This