
काठमाडौं, भदौ ८ । साताको शुरुको दिन आइतबार शेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंक बराबरले ओरालो लागेर १२०९ मा आएर थामियो । कारोबार शुरु भएदेखि ओरालो लागेर १० अंक बढीले झरेर १२ सयमा आइसकेको नेप्से अन्तिम समयमा सुधारिएर जम्मा साढे ३ अंकले ऋणात्मक रहन पुगेको हो ।
उत्पादनमूलक र होटल समूहबाहेक अरु सबै समूह ऋणात्मक रहे । जीवन बीमा समूहमा सबैभन्दा उच्च ५१ अंक र निर्जीवन बीमा समूहमा पनि ३१ अंकको गिरावट आयो ।
जलविद्युत समूहमा पनि दोहोरो अंकको गिरावट आउँदा अरु सामान्य अंकले रातो रहेका हुन् । यसदिन नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीको १२ लाख ७५ हजार कित्ता शेयर ३५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्