Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


कमलपोखरीको निर्माण तत्काल रोक्न काठमाडौंका मेयरलाई गगन थापाले लेखे पत्र


0
Shares

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसका नेता गगन थापाले कमलपोखरीको निर्माण तत्काल रोक्न माग गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिभिसभामा निर्वाचित सांसद गगन थापाले अहिले बनाउन लागिएको शैलीप्रति आपत्ति जनाउनुभएको छ।

प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी कमलपोखरी निर्माण गर्न लागेको भन्दै विरोध भइरहेका थापाले पनि हालको निर्माण कार्य रोक्न नगरप्रमुखलाई पत्र लेख्नुभएको हो ।

कमलपोखरीको चारैतिर सिमेन्ट र ढुंगाको संरचना निर्माण गरी वास्तविक पोखरीलाई साँघुरो बनाउन थालिएपछि सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासी विरोधमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाले करिब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ भन्दै २०७६ असारबाट पोखरी निर्माणको काम थालेको थियो । त्यसका लागि ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउन थालेपछि आपत्ति जनाइएको हो ।

पोखरीमाथि व्यायाम गर्ने, ब्याटमिन्टन र बास्केटबल कोर्ट बनाउने भन्दै पोखरीको पानी नै सुकाइएको छ । जसका कारण पोखरीमा रहेका माछा समेत पानी नपाएर मरेका थिए ।