
काठमाडौं, भदौ ६ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले चाबहिल–साँखु सडकखन्ड निर्माणमा विद्यमान समस्या तत्काल हटाइ समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ ।
समितिको प्रतिनिधिमन्डलले शुक्रबार यस क्षेत्रको स्थलगत अनुगमन गरी उक्त निर्देशन दिएको हो ।
समितिले यस क्षेत्रका जनप्रतिधि तथा आयोजना प्रमुखहरुसहित अनुगमन गरी निर्माणलाई तीव्रता दिनका लागि निर्देशन दिएको हो ।
समितिका सभापति कल्याणी खड्काले स्थानीयका समस्या तत्काल सम्बोधन गरी सडक निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिइन् ।
चाबहिल–साँखु सडकखन्डमा जग्गा, मुआब्जाको विवाद कायमै छ ।
खानेपानीको पाइप बिच्छाउनेलगायत कारणले यो सडक थप जीर्ण बन्दै बन्दै जाँदा सर्वसाधारण प्रत्यक्ष मर्कामा पर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्