७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


अलैँचीको गुणस्तर उकास्न पर्यटनमन्त्रीको सुझाव


0
Shares

ताप्लेजुङ, भदौ ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको मुख्य उत्पादन तथा नगदेबाली अलैँचीको गुणस्तरलाई उकास्नुपर्नेमा जोड दिएका छन् ।

उद्योग वाणिज्य संघ ताप्लेजुङले आज सदरमुकाममा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भट्टराईले अलैँचीको गुणस्तर बढाउन सकेमात्रै यसले बजार र मूल्य पाउने भन्दै गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय बजारले अधिकतम माग धान्ने गरि गुणस्तर कायम गर्न अलैँची कृषक र व्यवसायीलाई सुझाव दिए ।

अलैँची जोनको बजेट तथा कार्यक्रमले नपुगे थप गर्न सकिने समेत उनको भनाइ थियो ।