७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


मन्त्रीले सुनाए, मौसम सफा नहुँदासमेत उडान गर्न सकिने गरी उपकरण जडान गर्ने योजना


0
Shares

ताप्लेजुङ, भदौ ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा नियमित उडानका लागि आवश्यक प्रबन्ध मिलाउने बताएका छन् ।

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका उनले बिहीबार विमानस्थलको निरीक्षण गर्दै नियमित उडानका लागि विमानस्थलको सुधार र स्तरोन्नति गरिने बताएका हुन् ।

मन्त्री भट्टराईले नियमित उडानका लागि विमानस्थलको स्तरोन्नतिमा ढिलाइ नहुने विश्वाससमेत दिए ।

उनले सुकेटार विमानस्थलको दुवै भागबाट विमान अवतरण गर्नसक्ने गरी स्तरोन्नति गर्ने र मौसम सफा नहुँदासमेत उडान गर्न सकिने गरी उपकरण जडान गर्ने योजना सुनाए ।

तराईका केही विमानस्थलमा पनि यस्ता उपकरण जडानको तयारी भइरहेको र यसलाई अरु क्षेत्रमासमेत विस्तार गर्दै लगिने उनको भनाइ थियो ।

मौसममा भइरहने परिवर्तनका कारण सुकेटार विमानस्थलमा नियमित उडान प्रभावित हुने गरेको छ ।