 
	    काठमाडौं । गत असोजमा नेपाल भित्र्याइएको रेल चार महिनापछि सञ्चालनमा आउने भएको छ । आउँदो माघभित्र रेल सञ्चालनको तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार रेल सञ्चालनका लागि निजामती प्रशासनबाट कर्मचारी र विगतमा रेल सेवामा काम गरेका कर्मचारीको व्यवस्थापन गरिसकिएको छ । कम्पनीले निजामति कर्मचारीको लागि विभागीय मन्त्रालयबाट स्वीकृति पाएको जनाएको छ ।
विगतमा रेल सेवामा विभागमा काम गरेका कर्मचारी ज्यालादारीमा लिने योजनामा कम्पनी रहेको जनाएको छ । कम्पनीले २६ जना भारतीय तथा १ सय ७५ स्वदेशी जनशक्ति व्यवस्थापन गरी रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ ।
रेल सञ्चालनको लागि नेपाल सरकार र भारतीय पक्षबीच भएको सहमतिअनुसार नेपालका प्राविधिक कर्मचारीलाई रेल्वेसम्बन्धी तालिम र सञ्चालन क्षमता विकास गर्ने गरी प्याकेजमा समावेश गरिएको थियो ।
पहिलो चरणमा भारत बिहारको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन गर्ने तयारी रहेको छ । दोस्रो खण्ड कुर्थादेखि बिजलपुरासम्म पनि चाँडै रेल सञ्चालन हुने कम्पनीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्