
काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को २१ औं साधारण सभाले सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
हिजो सम्पन्न संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बन्नुभएको छ । साधारणसभाले उहाँलाई निर्विरोध अध्यक्षको घोषणा गरेको हो ।
निर्वाचित भएपछि धितालले कोभिडका बाबजुद पनि बजार चलायमान रहेको र सबै सरोकारवालाको सहकार्यमा छिटै नै कोभिडको प्रभावबाट पार पाउने दाबी गर्नुभयो । महासंघको महासचिव कृष्ण घिमिरे, द्धितिय उपाध्यक्षमा पिताम्बर पोखरेल विजयी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्