७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


इलाममा रोपाइँ जात्राको रौनक


0
Shares

इलाम, भदौ ५ । इलाममा बिहीबार रोपाइँ जात्रा मनाइएको छ ।

करिब १०० वर्षअघिदेखि इलामको मौलिक संस्कृतिकारूपमा स्थापित रोपाइँ जात्रा सदरमुकाममा मनाइएको छ ।

पञ्चेबाजाको तालमा रोपाहार र बाहुसेले बजार परिक्रमा गर्दै रोपाइँको अभिनय गरेर यो पर्व मनाइएको हो ।

राणाशासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.सं. १९७२ मा सुुरु गरेको रोपाइँ जात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाइमा निकालिन्छ ।

यसले जिल्लाको पर्यटन प्रवर्द्धनसँगै मौलिक संस्कृतिको संरक्षणमासमेत सहयोग पुर्‍याउँदै आएको जनाइएको छ ।

इलाम कला, संस्कृतिको धरोहर भएकाले युवापुस्तामा कला, संस्कृति जर्गेना गराउन सिकाउने उद्देश्यका साथ विगत १० वर्षदेखि नेपाल भाषा तथा संस्कृति समाजको पहलमा रोपाइँ जात्रा सन्चालन भइरहेको छ ।

जात्राका अवसरमा इलामका विद्यालयहरूमा बिहीबार बिदासमेत दिइएको छ ।

रोपाइँको झल्को दिन अघि–अघि गोरु, हली र बाउसे तथा पछि–पछि रोपहारले धान रोपेझैं गरेर यो जात्रा मनाइन्छ ।

रोपाइँ जात्रा हेर्न पाँचथर, झापा, ताप्लेजुङका साथै भारतको दार्जिलिङ, सिक्किम, गान्तोकका पर्यटकहरुसमेत इलाम आएका छन् ।