
काठमाडौं । नेपाल विज्ञापन संघको २१ औं साधारणसभा शनिबार हुँदैछ । यसअघि संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बन्नुभएको छ ।
शनिबार हुने २१ औं साधारणसभाले उहाँलाई निर्विरोध अध्यक्षको घोषणा गर्दैछ । धितालले कोभिडका बाबजुद पनि बजार चलायमान रहेको र सबै सरोकारवालाको सहकार्यमा छिटै नै कोभिडको प्रभावबाट पार पाउने दाबी गर्नुभयो ।
बाँकी कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदैछ । संघलार्ई थप व्यवसायिक बनाउन उम्मेदवारी दिएको उम्मेदवारहरुको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्