
कञ्चनपुर, भदौ ५ । कञ्चनपुरमा चोरीका सवारीसाधनको कारोबार बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको छ ।
चालु आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्लाका विभिन्न भागमा मोटरसाइकल चोरीको अभियोगमा ८ जनालाई पक्राउ गरी मुद्दा चलाइएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।
प्रहरीका अनुसार तीन जना अझै फरार छन् ।
आर्थिक वर्ष २०७५/७६ मा मोटरसाइकल चोरीमा संलग्न ३१ जना पक्राउ परेका थिए । चोरी गरिएका मोटरसाइकललाई तस्करहरुले ग्रामीण क्षेत्र तथा भारतमा पु¥यााउने गरेको बताइएको छ ।
चालु आर्थिक वर्षमा १३ वटा चोरीका मोटरसाइकल बरामद गरि गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको छ भने गत आर्थिक वर्षमा चोरीका १९० वटा मोटरसाइकल भन्सारमा बुझाइएको थियो ।
प्रहरीले चोरीका सवारीसाधन नियन्त्रणमा लिने गरे पनि गिरोहसम्म पुग्न नसक्दा कञ्चनपुरमा चोरीका सवारीसाधनको कारोबार बढ्दै गएकोे हो ।
प्रतिक्रिया दिनुहोस्